‘नाम जोडिएका माओवादी नेताले छानबिन माग गरी विज्ञप्ति जारी गर्नुस्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने विषय उठान भएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाका सांसद समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठनको माग गरेका हुन् ।

उनले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिँदै सुन प्रकरणलगायतमा नाम जोडिएका नेताले छानबिनको माग गर्दै विज्ञप्ति जारी गर्नुपर्ने माग गरेका छन् ।

“सरकारको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिनुपर्छ । नाम जोडिएको कमरेडहरुले अनुसन्धान गरी पाउँ भनी सरकारसँग माग गरेर विज्ञप्ति जारी गर्नुपर्यो,” उनले बैठकमा भनेका छन् ।

सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष समेत रहेका प्रवक्ता कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुनको नाम समेत जोडिन पुगेको छ ।

उनले आन्तरिक प्रतिस्पर्धामार्फत सबै कमिटी निर्माण गर्ने ढोका यही बैठकबाट खोल्न समेत माग गरेका छन् । उनले पार्टीभित्र देखिएका सबै खाले अराजक–अनुशासनहीन, गुटग्रस्त मानसिकता त्याग्नुपर्ने पनि बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖