महिला विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ का खेल शुरु हुँदै

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल शुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् ।

नेपाली समय अनुसार आज हुने पहिलो खेलमा विहान पौने ११ बजे स्वीट्जरल्याण्ड र स्पेन खेल्दैछन् । समूह ‘ए’ बाट स्वीट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ मा उपविजेता बनेको थियो । आजै हुने अर्को खेल दिउँसो पौने दुई बजे जापान र नर्वेबीच हुनेछ ।

जापान समूह ‘सी’ को विजेता र नर्वे समूह ‘ए’ को उपविजेता टोली हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी रहेकोमा १६ वटा टोली प्रि–क्वाटरफाइनलमा पुगेका छन् । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।