राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

एजेन्सी/इक्वाडोरमा राष्ट्रपति चुनावका लागि चलिरहेको चुनावी अभियानमा एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।

देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो विलाविसेन्सियोमाथि बुधवार हमला भएको हो । त्यति बेला उनी उत्तरी सहर क्विटोमा एक चुनावी कार्यक्रमबाट निस्किएर आफ्नो कारमा बसिरहेका थिए ।

उनी कारमा बसे लगत्तै उनीमाथि गोली चल्न थाल्यो । उनको चुनावी समूहसँग जोडिएका एक सदस्यले स्थानीय मिडियासँगको कुराकानीमा विलाविसेन्सिया कारमा बसेका बेला एक व्यक्ति अगाडि आएर उनको टाउकोमा गोली हानेको जानकारी दिए ।

राष्ट्रपति गुलेरमो लासोले अपराधीलाई कुनै पनि हालतमा नछोडिने कसम खाए ।

प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षका विलापिसेन्शियोलाई तीन पटक गोली हानियो । इक्वाडोरको अटोर्नी जनरलले सोसल मिडियामा सुरक्षाकर्मीको तर्फबाट चलेको जवाफी हमलामा संदिग्धलाई गोली लागेको र पछि उनको मृत्यु भएको जानकारी दिए ।

देशका राष्ट्रपति चुनावको पहिलो चरण २० अगस्टबाट सुरु हुनेछ । राष्ट्रपति लासोले आफू घटनाले स्तब्ध भएको बताए । उनले देशमा सङ्गठित अपराध अत्यधिक बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार उनीमाथि नै पर्ने बताए ।

इक्वाडोरमा ड्रग कार्टेल बढ्दो छ त्यसैले हिंस्रक अपराधमा पनि वृद्धि भएको छ जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।