राष्ट्रिय सभामा एमालेसँगै सत्ता पक्षका सांसदको अवरोध !

२६ साउन, काठमाडौं । प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ ।शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

जब राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजे तब एमालेका सांसदहरुले उठेर अवरोध गरे । तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए । तर सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध गरे ।

१० मिनेटभन्दा बढी समय प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु आ आफ्नो स्थानमा उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले ‘सत्ता पक्षका सांसदहरुको सद्भाव रहेछ, उहाँहरु (प्रतिपक्ष) उठेपछि उहाँहरु (सत्ता पक्ष) पनि उठ्नु भएको छ’ भन्दै ठट्टा पनि परे, कि उठीउठी हाउस चलाउने हो ?’

उनले कार्यसूचीमा अगाडि बढाउन आग्रह गरे । तर दुवै पक्षका सांसदहरु नबसेपछि कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक नै स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।