महिलालाई गर्भवती हुन कति ‘वीर्य’ चाहिन्छ ?

एजेन्ली । शुक्रकिट भनेको पुरुष कोष हो, जुन महिलाको डिम्बसँग निषेचित भएपछि भ्रुण बन्दछ । किशोर अवस्था पुगेपछि पुरुषको अण्डकोषमा शुक्रकिटको उत्पादन सुरू हुन्छ । शुक्रकिटलाई नाङ्गो आँखाले देख्न सकिँदैन । सामान्यतया एक पटकमा २ देखि ५ मिलिलिटर वीर्य स्खलन हुन्छ ।

प्रति मिलिलिटर वीर्यमा करीब ४० देखि १०० करोड शुक्रकिट हुन्छन् । यौन सम्पर्कको क्रियामा वीर्य स्खलन हुँदा करोडौं शुक्रकिटसँगै निस्किए पनि एउटा मात्र शुक्रकिटको महिलाको पाठेघरमा रहेको डिम्बसँग मिलन हुन्छ र त्यसैबाट गर्भ रहने हुन्छ ।

गर्भ रहनका लागि १.५ देखि ५ मिलिलिटर वीर्य हुनुपर्दछ । यदि ५ मिलिलिटरभन्दा बढी भयो भने वीर्यको मात्रामा शुक्रकिटको घनत्व कम हुने हुँदा गर्भधारणको सम्भावना कम हुन्छ । गर्भधारणका लागि एक मिलिलिटर वीर्यमा कम्तीमा २ करोड शुक्रकिट हुनुपर्दछ र तीमध्ये आधा जस्तो चलायमान हुनुपर्दछ ।

करीब ३० प्रतिशत शुक्रकिटहरू सग्ला र स्वस्थ हुनपर्दछ । किशोरावस्थामा प्रवेश गर्दा किशोरहरूका यौनाङ्गहरू खास गरी अण्डकोष, वीर्य थैली र प्रोस्टेट ग्रन्थिको विकास हुन थाल्छ । यौनाङ्गहरूको विकाससँगै वीर्यको उत्पादन पनि हुन थाल्छ ।

अण्डकोषले शुक्रकिट उत्पादन गर्छ भने विशेषत वीर्य थैली र प्रोष्टेड ग्रन्थिहरूले एक प्रकारको सेतो पदार्थ उत्पादन गर्छन् । उक्त सेतो पदार्थमा शरीरमै उत्पन्न हुने विभिन्न रसायनहरूको मिश्रण हुन्छ, जसले शुक्रकीटलाई पोषण गरिरहेको हुन्छ । वीर्य भन्नाले शुक्रकीटसहितको सम्पूर्ण सेतो पदार्थ भन्ने बुझिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।