चीनमा हलचल : मध्य युगमा लाखौँको ज्यान लिने ‘ब्लाक डेथ’ का सङ्क्रमित चीनमा भेटिए

बेइजिङ। चीनको उत्तरी क्षेत्रमा रहेको भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ । गत अगस्ट ७ मा पहिलो केस फेला परेको एउटै परिवारमा यी दुवै नयाँ केस फेला परेको चिनियाँ सरकारले जनाएको छ ।

अहिले उनीहरूलाई आइसोलेसनमा राखेर निरन्तर निगरानी भइरहेको छ । डब्ल्यूएचओका अनुसार ‘बुबोनिक प्लेग’ निकै खतरनाक महामारीमा परिणत हुन सक्ने जनाएको छ। मध्य युगमा यसले लाखौँ मानिसको ज्यान लिएको थियो ।

विज्ञप्तिमा पोजेटिभ भेटिएका व्यक्तिको सम्पर्कमा आएका सबै शङ्कास्पदलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । सरकारका अनुसार पहिले श्रीमतीमा सङ्क्रमण देखिएको थियो, त्यसपछि श्रीमान् र छोरीमा पनि लक्षण पोजेटिभ देखिएको थियो । तर, अहिलेसम्म सबै सङ्क्रमित र उनीहरूको सम्पर्कमा आएका शङ्कास्पद व्यक्तिमा कुनै असामान्य लक्षण भने देखिएको छैन ।

उनीहरू सबैलाई औषधि दिइएको छ । अगस्टको पहिलो हप्तामा स्वास्थ्य आयोगले आफ्नो वेबसाइटमा बुबोनिक प्लेगको एक केसमा धेरै अङ्ग विफलताका कारण एक बिरामीको मृत्यु भएको बताएको थियो। यो प्लेग सङ्क्रमण मुसाबाट सर्छ।

बुबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने रोग हो। मध्य युगमा यसलाई ‘ब्ल्याक डेथ’ भनेर चिनिन्थ्यो। यसको मुख्य कारण प्लेग नामक ब्याक्टेरिया हो। यो ब्याक्टेरियल सङ्क्रमण भएकाले एन्टिबायोटिकबाट पनि यसको उपचार सम्भव छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖