डेंगीबाट मृत्यु हुनेको संख्या ४०० नाघ्यो

ढाका — बंगलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेंगी सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको महानिर्देशनालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९ सय ५ जनामा डेंगीको सङ्क्रमण देखिएको र जनवरीयता डेंगीका सङ्क्रमितको संख्या ८५ हजार ४ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप २ हजार ९ सय ९१ जना निको भएर घर फर्केपछि निको हुनेको संख्या ७५ हजार २ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको अगस्टमा १ सय ४७, जुलाईमा २ सय ४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८ सय ५४ जनामा लामखुट्टेको टोकाइबाट डेंगीको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५ सय ७९ जनामा डेंगीको सङ्क्रमण देखिएको छ । एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेंगी ज्वरो आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने र चिलाउने जस्ता लक्षण देखा पर्छन् ।

एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर यो प्रजाति अहिले अन्टार्कटिकाबाहेक सबै महादेशमा फैलिएको पाइन्छ ।रासस/सिन्ह्वा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖