हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी काटिदियौं : ओली

काठमाडौं, ३० साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गरेको टिप्पणी गरेका छन्।

मङ्गलबार बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले संसद विघटन गरेर एमालेलाई मार्न बनाएको डोरी काटिदिएको बताएका हुन्।

उनले भने,‘हामीले पुस ५ गते संसद् विघटन गर्‍यौं। हामीले ठीक ठानेर गर्‍यौं। ठीक भनेर गर्‍यौं। ठीक थियो र गर्‍यौं। नगरी नहुने थियो र गर्‍यौं। विलकुलै समसामयिक कदम चाल्यौं। यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं। पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’

यस्तै उनले एमालेलाई झोले भन्ने गरेको तर एमाले झोले नभएको बताएका छन्। उनले भने, ‘हामीलाई पनि झोले भन्छन्। तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन्। त्यसलाई भन्छन् झोले। नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन्। दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन्। शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।