स्विडेनलाई हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा

एजेन्ली । स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई २—१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनले अब उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार खेलिने छ । स्पेन र स्विडेनबीचको सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि अन्त्यतिरमात्र तीनवटै गोल भएको थियो । तीनवटै गोल आठ मिनेटको बीचमा भएको थियो । निर्धारित समयको ८१औं मिनेटमा स्पेनका लागि सलमा सेलेस्टी आइनगोनोले पहिलो गोल गरेकी थिइन् ।

तर, स्पेनको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ८८औं मिनेटमा स्विडेनका लागि रेबेका ब्लोमभिष्टले जवाफी गोल गरिन् । त्यसको एक मिनेटपछि नै स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।