लामो समयपछि ओलीसँग भेटेका रावलले के भने?

काठमाडौ । लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मंगलबार ललितपुरको पार्टी कार्यालय च्यासलमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटपछि भीम रावलले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै देशको स्थितिबारे छलफल भएको बताएका हुन्। उनले आ-आफ्ना विचारहरू राख्ने र सामान्य कुराकानी भएको जानकारी दिए।

‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र आज भलाकुसारी गर्‍यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ। त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो,’ उनले भने।
रावल पार्टीमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन्। पछिल्लो समय उनी पार्टीका गतिविधिमा निष्क्रिय नै छन्।

रावललाई जिम्मेवारी दिनेबारे के छलफल भयो भन्ने पत्रकारले प्रश्‍न गरेका थिए।
त्यसबारे उनले भने, ‘होइन। हामीले अघि नै भनेका थियौं। धेरै लामो समयपछि भेटघाट भएको हो। अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश-विदेशको बारेमा जानकारी हुन्छ। सूचना हुन्छ। अब म पनि अध्ययन गरिरहेको मान्छे। आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो। अब फेरि कुराकानी गरौंला भन्ने भयो। यतिमात्रै भयो।’

२०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो।

गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट दिएका थिएनन्।

एमालेका पूर्वउपाध्यक्ष रावलले एमाले नेतृत्वको आलोचना गर्दै आएका थिए। गत चैतमा रावलसँग संवाद गर्न उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।