प्रभु साह अब के गर्छौ ? : गोकुल बाँस्कोटा

काठमाडौं, ३१ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डको विषयमा दोहोरो रुप देखाएको आरोप लगाएका छन् । गौर हत्याकाण्डका पीडितहरुसँग यसअघि सरकारले पाँच बुँदे सहमति गरेको थियो । तर, त्यसको एक साता बित्न नपाउँदै सत्ता गठबन्धनको बैठक राखेर गौर हत्याकाण्डको फाइल नखोल्ने निर्णय गरेको भन्दै पीडितहरु प्रचण्डसँग आक्रोशित बनेका छन् ।

गौर हत्याकाण्डको पछिल्लो आन्दोलन र सहमतिबारे एमाले बोलेको थिएन । तर, सहमति गरेर पनि अनुसन्धान अघि नबढाउने सत्ता गठबन्धनको निर्णय आएपछि भने एमाले नेता बाँस्कोटाले मुख खोलेका छन् । उनले सोबारे आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई अब के गर्छौ भनेर प्रश्न गरेका छन् । साहले भने पीडितहरुले न्याय पाउनुपर्ने भन्दै निरन्तर साथ दिँदै आएका छन्।

नेता बास्कोटाले फेशबुकमा लेखेका छन्–

प्रचण्ड न परे एउटा रुप देखाएर गौर हत्या काण्डका पीडितलाई न्याय दिने सम्झौता गरे अर्को रुप देखाएर सत्तामा उपेन्द्रको साथ लिएर आफुलाई मजबुत पारे।मर्ने मरिहाले बाच्नेलाई किन न्याय चाहियो?हे !प्रभु साह अब के गर्छौ? प्रचण्डसंग अर्को सम्झौता त होला?कांग्रेस पनि गल्फकन्ट्री भिषामै चुप!

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।