नवौं महिला विश्वकप : इङ्ल्यान्ड र स्पेनबीच उपाधि भिडन्त

एजेन्सी । नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र स्पेनबीच भिडन्त हुने भएको छ । इङ्ल्यान्ड बुधबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा आयोजक अस्ट्रेलियालाई ३—१ गोलले हराउँदै फाइनलमा पुगेको हो । इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

स्पेनले भने मंगलबार खेलिएको पहिलो सेमिफाइनल खेलमा स्विडेनलाई २—१ गोलले हराएको थियो । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार खेलिने छ । त्यसअघि शनिबार अस्ट्रेलिया र स्विडेनबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

अस्ट्रेलियाविरुद्दको खेलमा इङ्ल्यान्डले नै सुरुआती अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा इङ्ल्यान्डका लागि एला टुनले पहिलो गोल गरेकी थिइन् । सोही गोलका कारण पहिलो हाफमा इङ्ल्यान्ड अगाडि रह्यो ।

निर्धारित समयको ६३ औं मिनेटमा अस्ट्रेलियाका लागि साम केरले जवाफी गोल गरेपछि खेल १—१ को बराबरीमा पुगेको थियो । खेलको ७१औं मिनेटमा लाउरेन हेम्पले गोल गर्दै इङ्ल्यान्डलाई २—१ ले अगाडि बढाएकी थिइन् ।

निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि इङ्ल्यान्डका लागि एलेसिया रुसोले तेस्रो गोल थपेकी थिइन् । फाइनलमा पुगेका स्पेन र इङ्ल्यान्ड दुबैले हालसम्म महिला विश्व कपको उपाधि जित्न सकेका छैनन् । त्यसैले महिला विश्व कपको नवौं संस्करणले नयाँ विजेता पाउने पक्का छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।