महिला विश्व कप फुटबलको उपाधिका लागि आइतवार इङ्ल्यान्ड र स्पेन खेल्ने

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । यो महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको छ । फाइनल खेल आइतवार हुनेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि शनिवार स्वीडेनसँग खेल्नेछ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।