सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटी मान्न सकिन्न : मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटी मान्न नसकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेलो हात्तीको संज्ञा दिदै सामान्य त्रुटी मान्न नसकिने बताएका हुन् । उक्त प्रकरणको एक छानविन प्रतिवेदनमा साधारण हेलचेक्राईले सुन तस्करी भएको खबर पढेको भन्दै उनले त्यति ठूलो पहेलो हात्ती अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे । मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पट पारे ।

मुलुकलाई भ्रष्टाचारमुक्त गर्नका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हतकडी लगाएर नपुग्ने र टिप्पणी उठाउन आदेशहरु दिनेहरुलाई सलाम ठोक्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए । उनले सरकारको कार्यक्रममा उच्चतहका व्यक्तिहरुको सम्पती छानविन गर्नुपर्छ भनेर देखाउनका लािग मात्रै लेखिएको नभइ कार्यान्वयन नै हुने स्पष्ट पारे ।

त्यस्तै मन्त्री गुरुङले आफु अहिले बिरामी निको भएर काममा फर्किएको भन्दै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने बताए । आफु मन्त्रालयमा आएपछि कर्मचारीहरुले नै उपचार खर्च लिने विषयमा सल्लाह सुझाव दिएको र गरिब नेपालीहरुलाई निशुल्क उपचार गर्न नसकिएसम्म कुनै उपचार खर्च नलिने स्पष्ट पारेको उनले बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖