नाचगान हेर्न प्रचण्डको ५ घण्टा !

काठमाडौँ । शनिवार इन्ट्रा फाउन्डेसन अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा सुरुदेखि नै प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले बेलुकी ५ बजेदेखि १० बजेसम्म कार्यक्रमलाई समय दिएका थिए । उनको उपस्थितिले प्रतियोगीलाई हौसला प्रदान गरेको आयोजक पक्षले जनाएको छ । कार्यक्रमले संसारभर छरिएका नेपाली भाषीहरुको एकता र सहकार्यको सन्देश दिएको समेत आयोजक पक्षले जनाएको छ ।

इन्ट्रा फाउन्डेसन भुटानबाट लखेटिएर अमेरिकामा आप्रवासमा रहेका नेपाली भाषीहरुले गठन गरेको संस्था हो। यसको अध्यक्ष डिल्ली अधिकारी रहेका छन् । अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सभामुख देवराज घिमिरे, उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद तथा भारत सिक्किम सरकारका कृषि तथा वनमन्त्रीको सहभागिता रहेको थियो।

मेरो भ्वाइस युनिभर्सको विजेता सिक्किमका प्रितम राई भएका छन भने मेरो डान्स युनिभर्सको विजेता थाइल्यान्डकी खुशी कार्की भएकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖