पेस्तोलसहित भारतबाट नेपाल आउँदै गरेका दुई युवक पक्राउ

काठमाडौँ : भारतबाट पेस्तोल बोकेर नेपाल छिरेका दुई युवकलाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ। एकथान अटोमेटिक पिस्तोल र अर्को घरेलु हतियार बोकेर रातिको बेला नेपाल आउँदै गरेका ती दुई युवा समातिएका हुन्।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरले शनिबार राति सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरू बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा पर्सा गाउँपालिका–६ हुँदै नेपाल आउँदै थिए । उनीहरुको साथबाट दुईवटा पेस्तोल र गोलीसँगै ११ हजार ६८० तथा भारतीय बैंकको एटीएम कार्ड पनि बरामद गरिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।