के मलाइका अरोरा र अर्जुन कपुरको रोमान्स टुंगिएको हो ?

काठमाडौं । लामो समयदेखि डेट गरिरहेको बलिउड जोडी अर्जुन कपुर र मलाइका अरोराबीचको ब्रेकअपको खबरले बलिउड तरंगित बनेको छ । ‘कुत्ते’ फेम्ड अभिनेताले इन्स्टाग्राममा सप्ताहन्त बिदामा एकल यात्राको तस्वीर सेयर गरेपछि फ्यानले ब्रेकअपको अड्कलबाजी काटेका हुन् ।

फ्यानले प्रेमिका मलाइका अरोरा किन गायब भनेर प्रश्न सोधिरहेका छन् । यो हल्लालाई थप बल यतिबेला मिल्यो, जतिबेला मलाइका एपी ढिल्लनको पार्टीमा सहभागी भएकी थिइन् ।

अर्जुनले सप्ताहन्त बिदाको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘जीवन छोटो छ । आफ्नो सप्ताहन्तलाई लामो बनाउनुस् ।’ तर यी दुईले ब्रेकअपको हल्लालाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन् । उमेरको लामो अन्तर र विवाह गर्नुपर्ने दबाबलाई लिएर यो जोडी सामाजिक सञ्जालमा ट्रोल हुने गरेको छ ।

तर केही भारतीय सञ्चारमाध्यमले मलाइका र अर्जुनको ब्रेकअपको खबरलाई निराधार बताइरहेका छन् । यद्यपि, सधैं एकसाथ बिदा मनाउने यो जोडीले पहिलोपटक अलग रुपमा होलिडे सेलिब्रेसन गरेपछि हल्ला चलिरहेको छ । कतिपयले जोडीमा पनि निजी जीवन हुने भन्दै जोडीको बचाउ गरिरहेका छन् ।

सन् २०१९ देखि मलाइका र अर्जुन एकसाथ छन् । सन् २०१६ मा अभिनेता अरबाज खानसँग डिभोर्स गरेपछि मलिका यतिबेला सिंगल छिन् । तर पनि अरबाजसँग मिलेर मलाइकाले छोरा अरहानलाई अभिभावकीय भूमिका प्रदान गरिरहेकी छन् ।

कामको कुरा गर्दा अर्जुन कपुरले भूमि पेड्नेकरसँगको फिल्म ‘द लेडी किलर’मा अभिनय गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖