राम्रो निद्राका लागि आजैदेखि छोड्नुपर्ने बानी!

एजेन्सी । अहिलेको तनावपूर्ण जीवनमा निद्रासँग जोडिएको समस्या हुनु आम समस्या भएको छ। निद्रा पूरा नहुँदा तपाईंलाई अल्छीपना आउने, थकान हुने जस्ता समस्या हुन्छ। यस्तोमा केही साना साना बानीको कारणले पनि निद्रा नलाग्ने समस्या हुन सक्छ।

रातमा मोबाइल चलाउनु

रातमा सुत्नुअघि ढिलासम्म मोबाइल चलाउने बानीले पनि अनिद्राको शिकार हुन सकिन्छ । अत्यधिक समय स्क्रीनमा हेर्दा मेलाटोनिन हर्मोनको उत्पादनमा रोकावट आउँछ । जसले गर्दा सुत्ने साइकल नै बिग्रन्छ ।

चिया पिउनु

यदि तपाईंको सुत्नुअघि चिया पिउने बानी छ भने यसलाई पनि आजैदेखि छोड्नुहोस् । चियामा क्याफिन हुन्छ । यसले मेलाटोनिन हर्मोनको उत्पादनमा कमी ल्याउँछ जसले निद्रा नलाग्ने समस्या हुन्छ । दिनमा पनि अत्यधिक चियाको सेवन एकदमै हानिकारक हुन्छ ।

दिनमा सुत्नु

कतिपय व्यक्तिको दिउँसोमा पनि सुत्ने बानी हुन्छ। उनीहरु दिउँसोको खानापछि सुत्ने गर्छन्। यसरी उनीहरुलाई रातमा निद्रा नलाग्ने समस्या हुन सक्छ। दिनमा सुत्ने बानीले स्लिप साइकल बिग्रन्छ जसले गर्दा गडबडी हुन थाल्छ।

मेडिनेशन नगर्नु

कयौं मानिस बेडमा जानुअघि ध्यान गर्दैनन्। रातमा सुत्नुअघि एकफेर मेडिटेशन गर्नु एकदमै जरुरी हुन्छ । यसले तपाईंलाई रिल्याक्स महसुस गराउँछ। साथै मन र दिमाग पनि शान्त हुन्छ। यसरी तपाईंलाई राम्रो निद्रा लाग्छ ।

समयतालिका नअपनाउनु

स्वस्थ तथा पूरा निद्रा सुत्नका लागि समयमै सुत्ने र बिहान चाँडो उठ्ने समयतालिका अपनाउनु पर्दछ। रातको समयमा सुत्नाले निद्रा पनि पूरा हुन्छ र वातावरण पनि शान्त हुन्छ । बिहानको समयमा धेरै सुत्दा पनि राति निद्र लाग्दैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।