चेल्सी वेष्टहमसँग पराजित, एस्टन भिल्लाको चार गोल

काठमाडौं । प्रिमियर लिगमा चेल्सी वेष्टहमसँग ३-१ ले पराजित भएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा वेष्टहमका लागि नाएफ अगुएर्ड, मिचेल एन्टोनियो र लुकास पाक्वेटाले गोल गरे । चेल्सीका लागि कार्ने चुक्वुएमेकाले एक गोल फर्काए । चेल्सीका एन्जो फर्नान्डेजले पेनाल्टीमा गोल गर्न सकेनन् ।

हारपछि चेल्सीको नयाँ सिजन दुई खेलबाट १ अंक मात्र छ । पहिलो खेलमा चेल्सीले लिभरपुलसँग बराबरी खेलेको थियो ।

पहिलो जितपछि वेष्टहम २ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

अर्को खेलमा एस्टन भिल्लाले एभर्टनलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लाका लागि जोन म्याकगिन, डुगलास लुइज, लियोन बेली र जोन डुरानले एक एक गोल गरे ।

पहिलो जितपछि एस्टन भिल्ला दुई खेलबाट ३ अंक जोडेर दशौँ स्थानमा छ । लगातार दुई खेल हारेको एभरटन अन्तिम स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।