थोक मूल्यमै प्रतिकिलो १७ रुपैयाँ बढ्यो प्याज

काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो ।

यससँगै, आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ । हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो । नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।

यस्तै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १२५ रुपैयाँ, सानो गोलडेको मूल्य १५५ रुपैयाँ, रातो आलुको मूल्य ५१ रुपैयाँ छ । यसबाहेक, गाजर ११६ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ भने काउली ८८ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, डल्ले भन्टा ८५ रुपैयाँ र बोडी ११० रुपैयाँ छ ।

यस्तै, तिते करेला ८६ रुपैयाँ थोक मूल्यमा बिक्री हुँदा लौका ७६ रुपैयाँ, परवर ६५ रुपैयाँ र घिरौलाको थोक मूल्य ४६ रुपैयाँ कायम छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖