प्रदीप गिरी बीपी पछिकै ठुलो समाजवादी चिन्तक: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताएका हुन् ।

सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । गिरीका लेखबाट सिङ्गो पार्टी नै लाभान्वित हुने उनको भनाई थियो । । उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ ।’

सभापति देउवाले स्व. गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖