व्याजदर नियन्त्रणमा अर्थमन्त्रीको एक्सन

काठमाडौं । बैंकहरू व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले नियन्त्रणको अस्त्र प्रयोग गरेका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार बैंकहरूलाई स्थानीय तहमा जाने ६० प्रतिशत रकम बैंकहरूले निक्षेपमा गणना गर्न पाउँने व्यवस्था गर्ने निर्णय अर्थमन्त्रीले गरेका छन् ।

सरकारले गत असार मसान्तसम्म ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएको थियो । तर, चालू आर्थिक वर्ष (२०८०/०८१) मा यो व्यवस्था हटाइएको थियो । जसका कारण बैंकहरूमा भएको स्थानीय तहको रकम नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ ।

बैंकरहरूले भने सय प्रतिशत रकम नै निक्षेपमा गणना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । बैंकहरूले सो रकम निक्षेपमा गणना गर्न पाउँदा सोही रकमलाई समेत आधार मानेर ऋण प्रवाह गर्न पाउँछन् । यसले बैंकको सिडि रेसियो (कर्जा निक्षेप अनुपात) मा पर्ने चाप कम गर्न मद्दत गर्छ ।

बैंकहरूले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने भएपछि अन्य निक्षेप आकर्षित गर्न बैंकहरू व्याजदर वृद्धिमा उत्रिएका थिए । यसैबीच अर्थमन्त्रीले केही दिनअघि मात्रै सरकारी तीनवटै बैंकका सीईओ र अध्यक्षलाई बोलाएर व्याजदर किन वृद्धि गरिएको हो भन्दै स्पष्टीकरणसमेत सोधेका थिए । उनीहरूले निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको बताएका थिए ।

यद्यपि कर्जाको ब्याजदर भने नबढाउने वाचा तीन वटै बैंकका प्रतिनीधिले अर्थमन्त्रीसमक्ष गरेका थिए ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सरकारको यो निर्णयले सबैभन्दा बढी सरकारी बैंकलाइ नै फाइदा पुग्ने बताउँछन् ।

उनी भन्छन्, ‘सरकारी तीनवटा बैंकमा नै स्थानीय तहको धेरै रकम छ, उनीहरुलाई नै फाइदा हुन्छ । अरु बैंकलाई खासै असर गर्दैन् । ’

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिएर कर्जाको व्याजदर कम गर्ने सरकारको प्रयास भएपनि अन्य बैंकहरुले व्याजदर घटाउँछन्/घटाउँदैनन् त्यो भने हेर्न बाँकी नै छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।