नेपालसँग एसिया कप खेल्ने भारतीय टोलीमा रोहित शर्मादेखि विराट कोहलीसम्म

काठमाडौँ । आगामी एसिया कप क्रिकेट प्रतियोगिताका लागि सोमबार भारतीय टोलीको घोषणा गरिएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ ।

एसिया कपका लागि घोषित १७ सदस्यीय टोलीमा केएल राहुल र श्रेयस ऐयरलाई पनि समावेश गरिएको छ । रोहित शर्माको कप्तानीमा घोषित भारतीय टोलीमा विराट कोहलीलगायतका प्रभावशाली खेलाडीहरूलाई समावेश गरिएको छ ।

घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), सुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, इशान किसन, सार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण रहेका छन् ।

एसिया कपको समूह ‘ए’ मा दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल पनि परेको छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच मुल्तान क्रिकेट रंगशालामा खेलिने छ ।

सेप्टेम्बर २ तारिखमा भारत र पाकिस्तानबीच श्रीलङ्कामा खेल हुनेछ । समूहगत चरणको अन्तिम खेल सेप्टेम्बर ४ तारिखमा श्रीलङ्काको केन्डीमा नेपाल र भारतबीच खेलिने छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् ।

लिग चरणको खेलपछि दुवै समूहबाट पहिलो र दोस्रो स्थानमा रहने टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । एसिया कपका लागि टोली घोषणा गर्ने भारत चौथो राष्ट्र हो । यसअघि नेपालसहित पाकिस्तान र बंगलादेशले टोली घोषणा गरिसकेको छ । अब सहआयोजक श्रीलङ्का र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।