यसरी ‘गृहमन्त्री’ सँग झोक्किए देउवा, पूर्णबहादुरले रोक्न खोज्दा पनि रोकिएनन्

काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिए ।

आफ्नो पार्टीका नेता बालकृष्ण खाणको बचाउमा बोलेका देउवालाई आफ्नै उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले रोक्न खोज्दा पनि उनि मत्थर नभएको बैठकमा सहभागी एक नेताले बताए ।
“एक पटक हैन पटक–पटक नै उहाँ (देउवा) आक्रोशित हुनुभयो । कांग्रेसलाई थुन्ने अनि आफ्नो मान्छे बचाउने ? भन्दै उहाँ गृहमन्त्री माथि खनिनु भयो,” बैठकमा सहभागी ती नेताले भने ।

बैठकमा देउवाले २–३ पटक बालकृष्ण खाँणको नाम लिएका थिए भने महरा बाउछोरालाई किन बचाएको भन्दै प्रश्न गरेको ती नेताले बताए ।
“नाम के हो रे भन्दै महरा बाउछोराको नाम मिडियामा आएको र उनीहरुलाई पक्राउ नपरेको भन्दै आक्रोश पोख्नुभयो,” ती नेताले भने । देउवाको आक्रोश मत्थर नभएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आज सभापतिज्यूलाई के भएछ ? भन्दै वातावरण सामान्य बनाउन खोजेका थिए ।

“गृहमन्त्रीले सभापतिज्यूलाई के भएछ । के–के कुरा उठाउनुहुन्छ भन्नुभयो । एकपटक चाहिँ सबै विवरण सुनाउनुभयो तर, देउवा कूल हुनुभएन,” बैठकमा सहभागी अर्का एक नेताले भने ।

देउवालाई उपसभापति पूर्णबहादुर खड्काले पनि रोक्न खोजेका थिए ।
“अर्को पटक कुरा उठाउँला दाइ । यहाँ प्रसंग मिलेन भनेर पूर्णजीले भन्नुभयो । तर देउवाले केको विषय नमिल्ने ? विषय एउटै हैन ? बालकृष्ण पक्रिने आफ्नै पार्टीका नेतालाई छोड्न मिल्छ भन्नुभयो,” ती नेताले भने ।

प्रधानमन्त्री प्रचण्डले सदनको जारी गतिरोध अन्त्य गर्न बैठक बोलाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖