धनगढीमा आरजु प्रमुख अतिथि रहेको कांग्रेसको भेलामा ताेडफाेड !

धनगढी । नेपाली कांग्रेसकि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवा प्रमुख अतिथि रहेकाे एक कार्यक्रममा लफडा भएकाे छ ।

साेमबार धनगढीकाे साेराइँ बैंकेट पार्टी प्यालेसमा भएकाे नेपाली कांग्रेसकाे क्षेत्र नम्बर ५ काे क्षेत्रिय भेलामा नेविसंघकाे असन्तुष्ट पक्षले ताेडफाेड गर्नका साथै कार्यक्रम ब्यानर झिकिएको थियाे ।

कांग्रेसका एक नेताकाअनुसार आरजु कार्यक्रम स्थलमा नपुग्दै नेविसंघकाे केन्द्रीय अधिवेशनलाई लिएर असन्तुष्ट रहेको पक्षले कार्यक्रममा लफडा गरेकाे थियाे । लफडाकाबीच मञ्चमा राखिएको पानसमा बत्ती बाल्ने दियाे लगायतका सामान फुटेका थिए भने ब्यानसर समेत निकालिदिएका थिए ।

विवाद शान्त भएपछि क्षेत्रिय समितिले फेरि ब्यानर लगाएर कार्यक्रम गरेकाे थियाे । क्षेत्रिय भेलामा आफ्नो पदीय मर्यादा बिर्सिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भाैतिक मन्त्री प्रकाश देउवा,प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, धनगढीका पूर्व मेयर नृपबहादुर वड लगायत सहभागी थिए ।-प्रेसपत्र

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।