देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बिहान साढे ११ बजे बस्ने गरी देउवाले आफ्नो निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् ।

सभापति देउवाले पार्टीको सांगठनिक गतिविधि र मुुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीका अनुसार बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा र दोस्रो चरणको अभियानबारे छलफल हुने भएको छ ।

नगरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको कांग्रेसले दोस्रो चरणको अभियान गर्दैछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।