गृहमन्त्रीमाथि देउवापछि ओली खनिए– टार र कोट भन्या के हो ? यस्तो बोल्न मिल्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए ।

उनले गृहमन्त्रीमाथि माओवादीका नेताहरु विभिन्न काण्डमा जोडिए पनि सामान्य अनुसन्धानसमेत नगरेको तर कांग्रेसका नेता छानी छानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । देउवा बढी आक्रोशित भएपछि गृहमन्त्री श्रेष्ठले नै विषयान्तर गरेका थिए ।

‘आज सभापतिज्यूलाई के भएछ ? किन आक्रोशित हुनुभएको ?’ भन्दै उनले विषयान्तर गर्न खोजेपछि रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले देउवालाई रोकेका थिए ।

सोमबार पनि गृहमन्त्री श्रेष्ठमाथि बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनमा ‘कोट पनि छोडिन्न टार पनि छोडिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर ओलीले आक्रोश व्यक्त गरेका थिए ।

“गृहमन्त्रीलाई गर्न खोजेको के हो भनेर ओली जङ्गिनुभयो । कोट नि छोडिन्न टार पनि छोडिन्न भनेको के हो ? गृहमन्त्रीको हैसियतबाट यस्तो भन्न मिल्छ ? कि प्रमाणित गर्नुहोस् नभए जे मन लाग्यो त्यही बोल्न मिल्छ ? भन्दै ओलीले आक्रोश पोख्नुभयो,” बैठकमा सहभागी ती नेताले भने ।

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई पत्रकारहरुले प्रश्न गरेपछि त्यसको जवाफमात्र दिएको भन्दै स्पष्टीकरण दिएको ती नेताले बताए ।

“मलाई राजनीतिक हस्तक्षेप भयो भने के गर्नुहुन्छ भनेर पत्रकारले गरेको प्रश्नमा भनेको हो । बालुवाटार वा बालकोटबाट दबाव आए पनि छानबिन रोकिन्न भनेको हुँ । नियोजित भनेको हैन भनेर गृहमन्त्रीले जवाफ दिनुभयो,” ती नेताले भने ।

तीन घण्टासम्म चलेको बैठकमा एक अर्काले घोचपेचमा उत्रिएको पनि उनले जानकारी दिए । सोमबार बसेको उक्त बैठकले एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति बनाउने र सदन चलाउने सहमति गरेको छ । समिति भने सीआईबीले प्रतिवेदन बुझाएपछि निर्माण गर्ने सहमति भएको ती नेताले जानकारी दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖