सन्नी देओलको ५६ करोडको ऋण अक्षय कुमारले तिरिदिने ? अभिनेताले बताए वास्तविकता

बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।

गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करोड सम्म पुग्ने भएको छ ।

यसैबीच भारतीय समाचार माध्यममा सन्नी देओलको ऋण तिर्न अक्षय कुमारले मद्दत गर्न लागेको खबर प्रकाशित भएका थिए । उक्त रिपोर्टमा अक्षय कुमारले सन्नीलाई ३० करोड भारु रकम सहयोग गर्न लागेको बताइएको थियो । यद्यपि, अब अक्षय कुमारका प्रवक्ताले यस खबरबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

सन्नीलाई अक्षयलाई सहयोग गर्न लागेका होइनन्

ऋण तिर्नका लागि सन्नीलाई अक्षय कुमारले पैसा दिन लागेको खबर झुटो भएको अर्को खबर प्रकाशित भएको छ । अक्षय कुमारका प्रवक्ताले यसलाई अफवाहको संज्ञा दिँदै झुटो बताएका छन् ।

स्मरण रहोस्, सन्नीमाथि बैंकको लगभग ५५ करोड ऋण छ भनेर खबर आएको थियो । यो तिर्नका लागि उनको जुहुस्थित बंगला लिलामी हुने पनि बताइएको थियो । यद्यपि, बंगला लिलामी गर्ने नोटिसलाई बैंकले प्राविधिक समस्याका कारण फिर्ता लिएको बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖