गिरीबन्धु टी-स्टेटको जग्गाबारे छानबिन गर्न जरुरी छैन : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी–स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।

बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको तर छानबिन गर्न मन लागे गर्न सुझाव दिएका छन् ।

उनले विना कानुन जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानुन बनाएर व्यवस्थित काम गर्ने गरेको जिकिर गरे । अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिएका छन् ।

सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गरे ।

त्यस्तै अध्यक्ष ओलीले स्तरहीन मान्छेहरूले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको जिकिर गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।