सामाजिक सञ्जालमा मेरो बारेमा फैलिएको खबर झुटो होः समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई अष्ट्रेलियामा प्रवेश प्रतिबन्ध लगाइएको खबर झुटो भएको बताएकी छिन् । उनले बिहिबार (आज) फेसबुकमा एक पोष्ट लेख्दै स्पष्ट पारेकी हुन् ।

मंगलबारदेखि उनको अष्ट्रेलिया भिसा रद्द भएको खबर फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फैलिएको थियो । गायिका अधिकारीले आफू भिसा ब्ल्याकलिस्टमा परेको खबर सरासर झुठो बताएकी हुन् I त्यस्तै आफू १८ वर्ष पुगिसकेकाले अभिभावकका लागि आवेदन नदिएकी समेत उनले लेखेकी छिन् ।

“म १८ बर्ष पुगिसकेकी छु । मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो,” उनले फेसबुक पोस्टमा लेखेकी छिन्, “यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिनु हुन विनम्र आग्रह गर्दछु ।”

त्यस्तै आफ्नी दिदी अस्ट्रेलियाको नियममा रहेर त्यहाँ पढ्दै गरेको समेत समीक्षाले उल्लेख गरेकी छिन् । साथै भिसा निवेदन दिँदा केही कागजपत्र अपुग भएको र हाल पठाइसकेको जनाएकी छिन् ।

चर्चा अनुसार केही महिनाअघि साङ्गीतिक कार्यक्रममा लागि उनी अष्ट्रेलिया गएकी थिइन् । त्यसबेला उमेर कम भएकाले उनले अभिभावकको रुपमा आफ्नी दिदी लगेकी थिइन् । तर दिदी उतै बसिन् भने उनी मात्र नेपाल आइन् । फेरि अहिले अष्ट्रेलिया जान यसपटक भिसाका लागि आवेदन दिइन् । तर अघिल्लो पटकको वास्तविकता थाहा पाए पछि अष्ट्रेलिया दुतावासले भिसा रद्द गरेको थियो ।

उनले आजको पोस्टबाट आफूबारे फैलिएको यी खबर साँचो नभएको र यस पटक तीज कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी बताएकी हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।