डोकु म्यानचेष्टर सिटीमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियन विंगर जेरेमी डोकुलाई फ्रेन्च क्लब रेन्सबाट अनुबन्ध गरेको छ । प्रिमियर लिग च्याम्पियन सिटीले डोकुलाई ५५.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

गत सिजन ट्रेबल उपाधि जितेको सिटीले २१ वर्षीय डोकुसँग पाँच वर्षको सम्झौता गर्ने सहमति गरेको छ । डोकेलु फ्रेन्च लिग वान क्लब रेन्सका लागि तीन सिजनमा ७५ खेल खेल्दै १० गोल गरेका थिए ।

बेल्जियमका लागि १६ खेल खेलिसकेका डोकुले सिटीमा ११ नम्बर जर्सी लगाउनेछन् ।

डोकुले आफ्नो लागि यो विशेष दिन भएको बताए । ‘मेरो लागि यो व्यक्तिगत र व्यावसायिक दुवै रुपमा विशेष दिन हो । सिटी विश्वको उत्कृष्ट टिम हो र त्यसमा अनुबन्ध हुनु विशेष हुन्छ,’ डोकुले भनेका छन् ।

पेप ग्वार्डिओलाको टिमले यो सिजन अनुबन्ध गरेको डोकु तेस्रो खेलाडी हुन् । यसअघि सिटीले मिडफिल्डर माटेओ कोभासिसलाई चेल्सीबाट अनुबन्ध गरेको थियो भने डिफेण्डर जस्को भार्भिडोललाई जर्मन क्लब आरबी लाइपजिगबाट भित्र्याएको थियो ।

डोकुका लागि प्रिमियर लिगकै वेष्टहम, टोटनहम र चेल्सीले पनि इच्छा देखाएका थिए । तर अन्तिममा उनले सिटी रोजे । आफू युवा खेलाडी भएकाले धेरै सिक्न चाहेको र पेप ग्वार्डिओलाको स्टाफसँग काम गर्न उत्सुक रहेको उनले बताएका छन् ।

डोकु २०२० मा बेल्जियन क्लब एन्डरलेक्टबाट फ्रेन्च क्लब रेन्स पुगेका थिए, जहाँ उनले पाँच वर्षको सम्झौता गरेका थिए । उक्त सम्झौता सकिन अझै दुई वर्ष बाँकी थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।