संसद् नचलेको बेलाको तलब भत्ता नलिने रबि लामिछानेको नाटक टिकेनः महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नचलेको बेलाको आफ्ना सांसदहरुले तलब भत्ता नलिने भनि गरेको घोषणा धेरै समय नटिकेको टिप्पणी गरेको छन् ।

उनले यसलाई रास्वपा सभापति लामिछानेको नाटक भनेका छन् । रास्वपाका सांसद्हरुले संसद् नचलेको चार दिनको भत्ता मात्र नलिने त्यस्मा पनि गाडी भाडा चाँही लिने निर्णय गरेको उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

संसद नचलेको बेला आफ्ना सांसदहरुको तलब भत्ता नलिने रबि लामिछानेको नाटक धेरै दिन टिकेन । चार दिनको भत्ता मात्र नलिने त्यस्मा पनि गाडी भाडा चाँही लिने भएछन।

नाटक पनि कुन हदसम्म गर्न सक्छन् रबि जी ?देशमा यस्तो आर्थिक मन्दी देखिएको बेला सबै सांसदले तलब भत्ता घटाउँ पर्छ भन्नु पर्नेमा सस्तो लोकप्रीयताको लागी गरेको निर्णय एक महिनापनि टिकेन ।

करिब १ महिनाको तलब १ लाख घटाउने गरी संसद सचिबालयले उठाएको टिप्पणी ४ जना साँसद गएर खारेज गरी चार दिनको भत्ता नलिने त्यसमा पनि गाडी भाडा चाहिँ लिने गरी ४ दिनको ४ हजार त्याग गर्ने गरी प्रकृया अगाडी बडाएछन ।

वा रबि जी, वा रास्वपा ! रास्वपा एउटा पार्टी भित्र १०र१२ वटा पार्टी बोकेको हिड्न नसक्ने पार्टी हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।