धनकुटामा सांस्कृतिक कार्यक्रम”लभ यु धनकुटा” हुने
धनकुटा । धनकुटामा आज विविध सांस्कृतिक कार्यक्रम”लभ यु धनकुटा” को आयोजना गरिने भएको छ ।
टिन्ज कृउ डान्स सेन्टर धनकुटाको १० औं बार्षिकोत्सव तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा उक्त कार्यक्रमको आयेजना गर्न लागिएको हो ।
कार्यक्रममा स्थानिय गायक/गायिका,हांस्य कलाकारको प्रस्तुति,विविध जातजातिका झांकी,डान्स सेन्टरहरुको प्रस्तुति रहनेछन् ।
कार्यक्रम आज बेलुका ५:३० बजे धनकुटा ५ तल्लो टुंडिखेलमा हुने आयोजकले जनाएको छ ।


