निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह

लुम्बिनी, २३ भदौ : नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् ।

नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र उपविजेता हरिप्रसाद रिजालले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अवलम्बन गरिएको बताउनुभएको छ ।

अध्यक्ष राधाकृष्ण कँडेलले भर्खरै सम्पन्न पार्टीको प्रथम अधिवेशनलाई गुट र उपगुटका रुपमा बुझाउने गरी चलेका प्रचारप्रति आपत्ति जनाउनुभएको छ । अध्यक्ष कँडेलले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता प्रचारप्रति पूर्णरुपमा सजग र सचेत रहेको उल्लेख गर्नुभएको छ । “हाम्रो पार्टी नेकपा (एमाले) श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वलाई सर्वाेपरी मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकताबद्ध, सशक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ”, उहाँले भन्नुभएको छ ।

यस्तै निर्वाचनमा उपविजेता बन्नुभएका पार्टीका नेता रिजालले पनि पार्टीको प्रथम प्रदेश अधिवेशनमा लोकतान्त्रिक अभ्यासलाई सफल पार्नलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।

साथै पार्टीको आन्तरिक निर्वाचनमा जसले जिते पनि एमालेको जीत ठानेर अघि बढ्न सबैमा आह्वान गर्दै आफू पनि पार्टीको काममा जतिबेला पनि दृढ सङ्कल्पका साथ अगाडि बढ्न सदैव प्रयत्न गरिनै रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।