उपप्रमुख डङ्गोलद्वारा मंकाः खलःको भवन उद्घाटन

काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न नेपाल भाषा मंकाः खलःको नवनिर्मित भवनको आज महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन गर्नुभयो ।

महानगरपालिकाको करिब १० करोड पचास लाख रुपैयाँको लागतमा २६ आना जग्गामा निर्माण गरिएको उक्त चार तले भवनमा सांस्कृतिक हल, ग्यालरी लगायतका सुविधाहरु रहने छन् ।

भवन निर्माणका लागि धेरै समय अघि कविकेशरी चित्तधर हृदयले काठमाडौँ वडा नं १५ बिजेश्वरीमा रहेको आफ्नो १० आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो भने सँगै जोडिएको बाँकी जग्गा कथाकार मोतिलक्ष्मी उपासिकाको आफन्तबाट खरिद गरिएको थियो । सो अवसरमा उपप्रमुख डङ्गोलले एकताको नारा दिने नेवाः समुदायका अभियानकर्ताहरुलाई स–साना स्वार्थ पूर्तिका लागि विवादमा नअल्झिन सुझाव दिनुभयो ।

नेपाल भाषा जगेर्नाका लागि अब घरका बाजेबज्यैबाट नै आफ्ना सन्ततिलाई भाषा सिकाउन वार्तालापको थालनी गर्नुपर्ने बताउँदै उहाँले नेपाल भाषा, संस्कृति, साहित्य र परम्परा संरक्षणका लागि सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

सभाध्यक्षको आसनबाट मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले धेरै वर्षअघिदेखिको सपना पूरा भएबाट उज्यालो दिन आउँदै छ भन्ने अनुभूति आफूलाई भएको बताउनुभयो ।

मंकाः खलःका उपाध्यक्ष मल्ल के सुन्दरले नेवाः पहिचान र सम्पदा संरक्षणका लागि ४५÷४६ वर्षदेखि गर्दैआएको आन्दोलनको स्मरण गदै भवन निर्माण मातृभाषाभाषीहरुको साझा अभियानको एक स्मारक हो भन्नुभयो । उहाँले यस अभियानको जिम्मा लिन अब नयाँ पुस्ता अगाडि आउनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले महानगरपालिकाका ठूला परियोजनाहरुमध्येको एक मंकाः खलःको यो भवन निर्माणमा आफ्नो ठाउँबाट सानै भएपनि योगदान गर्न सकेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

भवन निर्माणको ठेक्का कमल जेभी कन्स्ट्रक्शन कम्पनीले पाएको थियो । यस परियोजनाका लागि काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर सुन्दर शाक्यको कार्यकालमा बजेट विनियोजन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖