कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल

काठमाडौँ, १० असोज: चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो ।

नेपालले बनाएको ३१४ रनको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो । यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थियो । उक्त खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो ।

नेपालको विशाल योगफल बनाउने क्रममा कुशल मल्लले पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनी टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमै शतक प्रहार गरेका थिए । कूल ५० बल खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे ।

यसै खेलमा दीपेन्द्र सिंह ऐरीले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।

कुशल टी२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । मल्ले १९ वर्ष २०६ दिनको उमेरमा शतक प्रहार गरेका हुन् । सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान भने गुस्तव मेक्कोनको नाममा छ ।

साथै टी२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन अन्तरले पराजित गर्ने कीर्तिमान नेपालले बनाएको छ । नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको छ । यसअघि यो कीर्तिमान चेक रिपब्लिकले राखेको थियो । चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गरेको थियो ।

आजको खेलमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।

नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि सन् २०१९मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध, यसै वर्षको सुरुवातमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।