एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

काठमाडौँ, १० असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा केही घन्टा ढिलो गरी मतदाता नामावली प्रकाशन गरिएको छ ।

बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयासका लागि अध्यक्ष मण्डलले एक चरण छलफल गरेको जनाउँदै अपराह्न २ बजे उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम राखिएको र सो पश्चात पनि सहमतिको पहल हुने बताउनुभयो । छलफलमा अध्यक्षका आकाङ्क्षी केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष मण्डलका अर्का सदस्य आनन्दप्रसाद पोखरेलले उम्मेदवारको आधिकारिक मनोनयन भइसकेपछि सहमति हुने वा नहुने निधो लाग्ने बताउनुभयो । यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फँुयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖