एमाले बागमती अध्यक्षका प्रत्यासी पाण्डेले लिए उम्मेदवारी फिर्ता, ढुंगेल पक्ष उत्साहित

काठमाडौं,११ असोज । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ ।

यसैबीच प्रदेशको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका निवर्तमान अध्यक्ष केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले हिजो वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर नेतृत्वले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने सहमति गरेपछि पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिन सहमति जनाएको एमाले निकट स्रोतले जनाएको छ ।

पाण्डेले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षका आकाँक्षीको संख्या ४ जनामा झरेको छ । अध्यक्षका लागि अब रामेछापका कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, कृष्ण दाहाल र केशरकुमार बुढाथोकीले मनोनयन दर्ता गराएका छ्न । उम्मेदवार ४ जना भएपनि मुख्य प्रतिस्पर्धा रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीच हुने आँकलन गरिएको छ । मनोनयन फिर्ता लिएका पाण्डेले पनि ढुंगेल पक्षलाई समर्थन जनाएको स्रोतले बताएको छ ।

अध्यक्षका प्रत्यासी ढुंगेल एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओलीले नै ढुंगेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन निर्देशन दिएका थिए । रत, सवृसम्मत अध्यक्ष बनाउन सहमति नजुटेपछि निर्वाचन मार्फतनै ढुंगेललाई अध्यक्ष बनाउन ओलीले नेताहरुलाई गोप्य सर्कुलर जारी गरेको स्रोतले बताएको छ । अध्यक्षका प्रत्यासी पाण्डेले पनि समर्थन गरेपछि ढुंगेल पक्ष थप उत्साही बनेको छ । ढुंगेल स्वयंले भने आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।

यसैबीच बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान भने अझैसम्म सुरु हुन सकेको छैन । केही प्राविधिक कामहरु बाकी रहेको कारण मतदानमा ढिलाई भएको एमालेले जनाएको छ । मतदान सुरु नभएपछि पार्टी मुख्यालय च्यासलमा उपस्थित नेता कार्यकताहरु नाँचगान गरेर समय काटिरहका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।