मेरो ज्यान मार्न खोज्नेहरुलाई सरकारले समाउँदैन :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै उनले सरकारले हिंसालाई प्रोत्साहित गरेको बताए ।

ओलीले भने, ‘यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन । प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ । हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन । मेरो ज्यान मार्न खोज्नेहरुलाई समाउँदैन, समाते पनि तत्काल छाड्छ । प्रहरीको टाउको फुटाउने र दाँत भाचिने स्थितिसम्मका हमला भएका छन् । त्यसमा केही पनि नगर्नु भन्ने ? हामीमाथि हमला गर्ने गठबन्धनका सहयात्री भनिएका पार्टीहरुका कार्यकर्ता हुन् ।’

उनले प्रधानमन्त्रीलाई यो कुरा धेरै पटक भन्दा पनि हिंसालाई प्रोत्साहित गर्ने काम गरिरहेको आरोप लगाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।