ओमानले दियो नेपाललाई १४६ रनको मध्यम लक्ष्य

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालविरुद्ध ओमानले १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको हो । उसका लागि जिसान मक्सुदले ३२ तथा प्रतिक श्रीकान्त अथावले २४ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले तीन तथा सोमपाल कामी, सन्दीप लामिछानेले समान २ विकेट लिए । भने अभिनाश बोहराले १ विकेट हात पारे ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।