हाउजी खेलमा तीन तोला सुन
धनकुटा । धनकुटाको हिलेमा सांगीतिक प्रस्तुतिका साथ हाउजी खेल हुने भएको छ ।
हिले ब्याडमिन्टन क्लबको आयोजनामा क्लबको सहयोगार्थ गत कार्तिक १५ गते देखि संचालन भइरहेको हाउजी खेलमा भोलि कार्तिक २५ गते संचालन हुने खेलमा हाउसफुल विजेतालाई ३ तोलाको सुन प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।
उक्त खेलको दिन चर्चित कलाकारहरुको द ड्रिमर्ज ब्याण्ड साथै स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहनेछ ।


