पाख्रीबासमा एक युवतीद्वारा आत्महत्या
धनकुटा । धनकुटाको पाख्रीबासमा आज बिहान एक युवती मृत फेला परेकी छन् ।
नपा वडा नं ४ का राम कुमार बस्नेतका छोरी अन्दाजी २० बर्षिय निकिता बस्नेत नासपातीको बोटमा आज बिहान करिब ७ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
आवश्यक थप प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली घटना स्थल तर्फ आउंदै गरेको प्रहरीले जनाएको छ ।


