“स्वच्छ भान्छा” सम्बन्धि धनकुटा नगरपालिकामा सञ्चालित दुई दिने अभिमुखिकरण सम्पन्न
धनकुटा । “स्वच्छ भान्छा” सम्बन्धि धनकुटा नगरपालिकामा सञ्चालित दुई दिने अभिमुखिकरण आज सम्पन्न भएको छ ।
युएसएआईडी र अजम्मरी विकास फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित अभिमुखिकरणमा धनकुटा नगरपालिकाका १० वटै वडाका महिला तथा पुरुषहरूलाई परम्परागत चुलो, यस्ता चुलोबाट हुने सम्स्या र आधुनिक विद्युतिय चुलोको प्रयोग,भन्छालाई स्वच्छ र आधुनिक कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।
अभिमुखीकरणमा अजम्मरी विकास फाउन्डेसनका कार्यक्रम अधिकृत कृष्ण दुवाल ,प्रशिक्षक विष्णु ज्ञवाली र सबिन सिहले सहजिकरण गरेका थिए । अभिमुखीकरण समापन कार्यक्रममा सहभागीहरुलाई विद्युतिय चुलो, कुकर,कराई प्रदान गरिएको छ ।
अभिमुखीकरणमा धनकुटा नगर क्षेत्रका ३३ जनाको सहभागिता थियो ।


