तिलेश्वर माध्यमिक विद्यालयमा रायमाझी परिवारले गर्यो १० लाख रुपैँयाको अक्षयकोष स्थापना

धनकुटा,१० मंसिर । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बरमा ४ रहेको तिलेश्वर माध्यमिक विद्यालयको ७२ औं बार्षिक उत्सवकार्यक्रमा साविक तेलिया गाविस वडा न २ निवासी हाल सुनबर्सी नगरपालिका १ मोरङ निवासी टेकेन्द्र कुमार रायमाझी, छत्र बहादुर रायमाझी , केशव बहादुर रायामाझी , तिर्थ बहादुर रायमाझी , प्रदिप रायमाझी र महेश रायामाझीले आफ्ना बुवा तुलसी बहादुर रायामाझी र आमा गोकुल कुमारी रायमाझीको नाममा तुलसी बहादुर तथा गोकुल कुमारी रायमाझी स्मृति अक्षयकोष स्थापना गर्नु भएको छ ।

विद्यालयको शैक्षिक क्षेत्र सुधारका लागि रायमाझी परिवारले दस लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नु भएको हो ।

बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा छथर जोरपाटी गाउँपालिका वडा नम्बरमा ४ का वडा अध्यक्ष टेक बहादुर तामाङ्ग विद्यालयका प्रध्यानाध्यापक कुल बहादुर अधिकारी लगायत अभिभावकको उपस्थितीमा अक्षयकोषका लागि रायमाझी परिवारले चेक हस्तान्तरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖