धनकुटा सहिदभूमिका शारिरीक रुपमा अशक्त करुणा राईले पाइन् नागरिकता
धनकुटा,मंसिर १० ।जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आज सहिदभुमि ४ नम्बर वडाका शारिरीक रुपमा अशक्त करुणा राईले नागरिकता प्राप्त गरेका छन् ।
सहिदभुमि गाउँपालिकामा सञ्चालित न्यायमा पहुच कार्यक्रम अन्तर्गत वडा नं ४ का १८ वर्षिय राईले जिल्ला प्रशासन कार्यालय धनकुटा बाट आईतवार नगरिकता प्राप्त गरेका हुन् ।
राईलाई नागरिकता दिलाउन वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय धनकुटा सम्म ल्याउन सहयोग गरेको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उक्त न्यायमा पहुँच कार्यक्रमले गाउँपालिकामा कानुनी घुम्ती शिविर तथा कानुनका विषयमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै असाह्य गरिब अन्यायमा परेकाको पहिचान गरि उद्वार तथा न्याय दिलाउने कार्य भईरहेको कार्यकारी निर्देशक सुवेदीले बताउनु भयो ।
यो न्यायमा पहुंच कार्यक्रम युएनडिपि ,पर्डेप नेपाल सहिदभुमिगाउपालिकाको सहकार्यमा सहिदभुमि गाउपालिकामा अहिले सञ्चालन भईरहेको छ ।


