भानु माविलाई जग्गा प्रदान
धनकुटा,११ मंसिर । धनकुटाको साँगुरीगढी गाउँपालिकाकाको डाँडाँबजारमा रहेको भानु माध्यमिक विद्यालयलाई सेवा निवृत्त सैनिकहरुको एक समूहले जग्गा प्रदान गरेको छ ।
बेलायत र भारतिय सेनाबाट निवृत्त भएर चौविसे समाज हङकङमा आबद्ध भएका उनिहरुले चन्दा संकलन गरि जन्मथलोको विद्यालयलाई जग्गा उपलब्ध गराएका छन् ।
उनिहरुले डाँडाँबजारमा तीन रोपनी १० आना जग्गा खरिद गरि एक कार्यक्रमका बिच जग्गाको स्वामित्व विद्यालयलाई प्रदान गरेका हुन् । सेवा निवृत्त सैनिकहरुले उपलब्ध गराएको जग्गामा विश्वविद्यालय संचालनको योजना रहेको विद्यालयले जनाएको छ ।




