प्रथम किरात गोल्डकप : ताप्लेजुङ सेमिफाइनलमा प्रवेश

पाँचथर : पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँलाई ४–३ गोलअन्तरले पराजित गर्दै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलमा कठिन जीत निकाल्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी स्वदेशीमध्ये कोशी प्रदेश बाहिरको एक मात्रै टोली हिमालयन शेर्पा भने समूह चरणबाट बाहिरिन पुगेको छ ।

आजको खेलमा ताप्लेजुङका मञ्जित याङ्देनले खेलको तेस्रो मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए । २१औँ मिनेटमा विदेशी खेलाडी ओस्करले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा ल्याए । ४०औँ मिनेटमा प्रविन जबेगुले गोल गरेपछि ताप्लेजुङ पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता लिन सफल भयो ।

हिमालयन शेर्पाका लागि वसन्त ओझाले खेलको ५२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा ल्याउन सफल भए । तर ६२औँ मिनेटमा ताप्लेजुङका दीपेश लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ६९औँ मिनेटमा डिबक्स नजिकैबाट भएको थ्रो प्रहारलाई बचाउन खोज्दा ताप्लेजुङका आशीष लिम्बूले गरेको हेड गोलमा परिणत भइदियो । ३–३ को बराबरीमा रहेको अवस्थामा ताप्लेजुङका लागि ७७औँ मिनेटमा पुन ः प्रविन जबेगुले गोल गरे । जबेगूको अन्तिम गोल नै खेलको निर्णायक गोल बन्यो ।

खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू घोषित भए । हिमालयन शेर्पा क्लबको प्रहारको उत्कृष्ट बचाउ गरेका गोलरक्षक लिम्बूले रु पाँच हजार, प्रमाणपत्र र पदक प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आज समूह चरणका खेल समाप्त भएका छन् । भोलि हुने पहिलो सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लब (डीएफसी) मोरङ र आयोजक पाँचथर फुटवल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो । बिहीवार बिर्तामोड युनाइटेड क्लब झापा र आजको खेलको विजेता कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङवीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ तथा उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ रकमसहित ट्रफी हात पार्नेछ । नवस्थापित पाँचथर फुटबल क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।