पाख्रिबासमा गजल सांझ
धनकुटा । धनकुटाको पाख्रिबासमा आज गजल सांझको आयोजना गरिएको छ ।
अछामका गजलकार लक्ष्मण संगमको गजल वाचन रहने उक्त कार्यक्रम ह्यांग आउट रिसोर्ट,पाख्रिबासमा बेलुका ५ बजेबाट सुरु हुनेछ ।
पाख्रिबासमा कृयाशिल साहित्यिक संस्था पाख्रिबास कला साहित्य समाजको आयोजना तथा पाख्रिबास वडा समितिको कार्यालय ४ को प्रायोजनमा उक्त कार्यक्रम हुन लागेको हो ।

