कलरवले ‘सिलीदुङ’ कृतिउपर विमर्श गर्दै

विजयपुर । कवि गीलु राताेसकाे ‘सिलीदुङ’ कविता सङ्ग्रहउपर कलरव धरानले विमर्श गर्ने भएको छ । शनिबार कवि र वक्ताहरूकाे उपस्थितिमा धरानमा विमर्श हुनेछ ।

हाेटल पूर्वी स्टारमा बिहान ११ बजे राखिएको विमर्श कवि राताेसकाे कृतिउपर अतिथि वक्ताहरूले बाेल्ने आयोजक कलरवका संयाेजक कवि सुदीप पाख्रिनले बताए । कृति उपर वरिष्ठ कवि कुन्ता शर्मा र पत्रकार एवम् कवि जनकऋषिले बाेल्नेछन् । विमर्श कवि एवम् साँस्कृतिक अभियन्ता अमित थेवेले सहजीकरण गर्नेछन् । कार्यक्रममा कवि राताेसले समेत आफ्ना कविताहरू वाचन गर्नेछन् । यसअघि कृतिकाे परिचर्चा पूर्वकाे पान्थरकाे फेदेन, इलाम, झापाकाे बिर्तामोड र दमक, पाेखरा, चितवनमा भइसकेको छ ।

गत पुस महिनामा सार्वजनिक भएको रातोसको ‘सिलीदुङ’ कवितासंग्रह थेबा–ला पब्लिकेशनले प्रकाशन गरेको हाे । कवि रातोसको यो पहिलो कृति हो । कृतिमा चार खण्डमा गरी ४४ कविताहरू छन् । किरात राई जातिको उधौली चाड मंसिरे पूर्णिमा आसपासमा नाचिने सांस्कृतिक नामलाई लिएर कृतिको नाम ‘सिलीदुङ’ राखिएको कविले बताए ।

दस वर्षे जनयुद्धमा संलग्न गणेशकुमार राई ‘वसन्त’ले आफूलाई कवि गीलु रातोसका रूपमा परिचित गराउँदै यो कृति बजारमा ल्याएका हुन् । सोलुखुम्बुको माप्यादुधकोसी गाउँपालिका–६ वाकुमा ३४ वर्षअघि जन्मी-हुर्केका कवि रातोस खालिङ राई मातृभाषाका लेखक हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।