सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष महरा पक्राउ,जहाजमा काठमाडौं ल्याइँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणमा जोडिएका महरालाई पक्राउ गर्न गृहमन्त्ती रवि लामिछानेले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए ।
महरालाई भैरहवा बिमानस्थलबाट यतिएयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ ।


